ट्यांकर र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु !

प्रकाशित मिति:

कावासोती –  नवलपुरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकरले विपरित दिशातर्फ जाँदै गरेको बा २८ प २०३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

सोमबार राति १० बजे ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका २ बस्ने ४० वर्षीय युबराज घिमिरे र मोटरसाईकलमा सवार सोही ठाउका ३६ वर्षीय पिताम्बर पाठक रहेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।