फेसवुक एकाउन्ट नहुने धेरै खुसी

प्रकाशित मिति:

एजेन्सी । फेसबुक चलाउन छाड्नाले हामीलाई मानिसक रुपमा बढी स्वस्थ राख्न सक्ने तर वर्तमानमा भइरहेका घटनाबारे कम जानकार बनाउने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । न्यूयोर्क युनिभर्सिटी र स्टेनफोर्ड युनिभर्सिटीका अध्ययनकर्ताहरुले गरेको यस अनुसन्धानमा फेसबुक अकाउन्ट ‘डिएक्टिभेट’ अर्थात निस्क्रिय गर्दा यसले व्यक्तिमा कस्तो प्रभाव पार्छ भन्नेबारे खोज गरिएको हो । यसमा सहभागी व्यक्तिलाई अनुसन्धानकर्ताहरुले १०२ डलर दिएर चार हप्तासम्म फेसबुक बन्द गर्न लगाएका थिए । यस्तोमा बिनाफेसबुक मानिसहरु पहिलेभन्दा धेरै खुसी भएको र अन्य सामाजिक सञ्जालका साइटमा पनि कम एक्टिभ भइ थोरै समय इन्टरनेट प्रयोग गरिरहेको पाइएको हो । तर अर्कोतर्फ उनीहरु तत्कालका समाचारहरुबारे भने कम जानकार रहेको बताइएको छ । यसरी फेसबुक बन्द गरिसकेपछि उनीहरुसँग दिनमा एक घण्टा भन्दा बढी समय खालि हुने गरेको उनीहरुको भनाइ छ । यस्तोमा अनुसन्धान सकिएपछि अधिकांशले पुनः अकाउन्ट खोल्ने बताएका थिए भने अन्य केहीले चाहिँ यसको कम प्रयोग गर्नमा जोड दिने बताएका हुन् ।

न्युयोर्क युनिभर्सिटीका असोसिएट प्रोफेसर हन्ट अल्कोटका अनुसार अनुसन्धानमा सहभागीहरुले फेसबुक आफ्ना लागि महत्वपूर्ण रहेको र सामान्य अवस्थामा यो उनीहरुको जीवनमा एउटा सकारात्मक कुरा भएको बताएका हुन् । यस्तोमा उनीहरुले चार महिना फेसबुक बन्द गर्न लगाउँदा प्रति महिना १०० डलर दिइनुपर्ने माग गरेका हुन् । जसले मानिसको जीवनमा सामाजिक सञ्जालको बढ्दो महत्व देखाइरहेको अल्कोटको भनाइ छ । उनले थप भने, “यदि फेसबुकको सट्टा मानिसलाई कुनै नसालु पदार्थ छाड्न लगाइएको भए यस्तो नतिजा देखा पर्ने थिएन यसरी यो अनुसन्धान फेसबुकको समर्थनमा नभएको र यसको विरोधमा पनि नरहेको स्पष्ट पार्दै अनुसन्धानकर्ताहरुले यसबाट अफूहरुले केबल मानिसलाई सामाजिक संजालको प्रयोगबारे सचेत गराउन खोेजेको बताएका हुन् । अनुसन्धानमा फेपसबुक कतिपयका लागि मनोरञ्जनको श्रोत रहँदै आएको र समाजिक अन्र्तक्रियामा सक्रिय रहने माध्यम रहेको पनि देखिएको छ । यसलाई फेसबुकका प्रवक्ताले कम्पनीबारे दैनिक अनुसन्धान गरिने हजारौँ शीर्षक मध्ये एउटा रहेको व्याख्या गरेका छन् ।

तरपनि यसबाट प्राप्त केही सकारात्मक नतिजा भने उत्साहजनक भएको उनको भनाइ छ । उनले भने हाम्रो टोली यिनै मुद्दाहरुमा गम्भीरतापूर्वक काम गरिरहेको छ । सामाजिक अन्तरक्रिया र साथीभाइसँगको संवाद अर्थपूर्ण बनाउनकै लागि हामीले विभिन्न नयाँ टुलहरु ल्याइरहेका छौँ । मानिसहरुले फेसबुकबाट राम्रो अनुभव बटुलुन् भन्ने हाम्रो एक मात्र उद्देश्य हो ।प्रोफेसर अल्कोटका अनुसार पनि यो अध्ययन ज्यादै महत्वपूर्ण छ किनकि फेसबुकबारे गरिएको यो सबैभन्दा ठूलो अनुसन्धान हो । यसअघिका अनुसन्धान ‘हामीले कति समय फेसबुक प्रयोग गर्छौँ’ र ‘यसले कति मानसिक तनाव गराउँछ’ भन्ने जस्ता विषयमा केन्द्रित रहने गरेका थिए । तर यसबाट हामी फेसबुकले मानिसलाई तनाव गराइरहेको वा तनावग्रस्त मानिसले फेसबुक चलाइरहेको भन्ने स्पष्ट हुन नसकिने अल्कोट बताउँछन् । यसरी कम्पनीले आफ्नो नाफा वृद्धिबारे खबर गरेकै समय फेसबुकबारे यो रिपोर्ट सार्वजनिक भएको छ । २०१८ को आम्दानी रिपोर्टमा फेसबुकले ६।९ अर्ब डलरको रेकर्ड नाफाबारे जानकारी दिएको हो । यसले पछिल्लो समय गोपनियता लगायतका विभिन्न काण्डमा फसेपनि कम्पनीको आम्दानीमा ठूलो प्रभाव नपरिरहेको स्पष्ट पारेको छ । २००४ मा लन्च भएको फेसबुकका अहिले २।३ अर्ब भन्दा बढी विश्वव्यापी प्रयोगकर्ता रहेका छन् । – सीएनएनबाट