पत्रकारको सुरक्षामा गम्भीर हुन महासङ्घको माग

प्रकाशित मिति:

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै महासङ्घले पत्रकार दियालीलाई मंगलबार बिहान ११ बजे फोन गरेर बोलाएर हरिवन नगरपालिका–९ स्थित सुखेपोखरीमा एक समूहले साङ्घातिक आक्रमण गरेका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका पत्रकार दियालीको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । महासङ्घ पत्रकार दियालीमाथि भएको यो साङ्घातिक आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्न समूहको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गरेको छ । –रासस