भैरहवाको बाल सुधार गृहबाट ६ जना भागे

२९ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
5 Shares


रुपन्देही – रुपन्देहीको भैरहवामा रहेको बाल सुधार गृहबाट ६ जना फरार भएका छन् ।जबर्जस्ती करणी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका देवदह–७, रुपन्देहीका १६ वर्षीय जीवन खत्री, त्यही मुद्दामै कैद भुक्तान गरिरहेका नौबाहिनी–४, प्यूठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा सजाय भोगिरहेका तानसेन–३, पाल्पाका १७ वर्षीय सन्दीप रणपाल, चोरी मुद्धाका बिरुवा–४, स्याङ्जाका १७ वर्षीय अनिस थापा, चोरी मुद्दाकै गाइघाट–३, उदयपुरका १७ वर्षीय सविन पौडेल र बुटवल–८, का १५ वर्षीय राजेश सुनार फरार भएका हुन् ।

उनीहरुले आँगनमा रहेको गेट र भित्तामा लगाएको काँडेतारको प्वालबाट उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।१८ वर्ष मुनिका पुरुष कैदी र थुनुवालाई भैरहवामा रहेको बालसुधार गृहमा राख्ने गरिएको छ । फरार कैदी र थुनुवाहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु