ध्यानः बेचैनी र उदासी हटाउने सर्वोत्तम विधि

प्रकाशित मिति:

पछिल्लो केही वर्षदेखि भावना र तनावलाई नियन्त्रण गर्न मानिसहरु मन ध्यान तर्फ आकषिर्त हुन थालेको छ । ध्यान गर्नाले शरीर तथा मतिष्कलाई निकै फाइदा पुग्छ ।जब हामी एक पटक ध्यान गर्न सिक्छौ, तब हामीसित प्रत्येक समस्याको समाधान निस्कन थाल्छ । ध्यानले हामीलाई दुई प्रकारले मद्दत गर्छ ।यसले हामीलाई मानसिक रुपमा शान्त राख्छ । त्यसबाहेक, ध्यानले हामीलाई त्यो अवस्थामा पुर्‍याउाछ जहाा भगवानको माया र परमानन्दको प्राप्ति हुन्छ ।

ध्यानको समयमा हाम्रो सांसारिक समस्या ज्यूाको त्यूा रहन्छ । तर ध्यानको माध्यमद्वारा हामी भागवानको याद र त्यसको आनन्दमा यति धेरै मस्त हुन्छौ कि हामीलाई आˆनो समस्या र दुखपिडाको बारेमा कुनै आभाष हुादैन । सांसारिक तनाव तथा दवावका बावजुद पनि हाम्रो विचार , सोच्ने शक्ति तथा भावनामा सन्तुलन कायम हुन्छ ।

तनावलाई सजिलै नियन्त्रण गर्न सक्दछौ । यसरी ध्यानको माध्यमद्धारा जिन्दगी जिउने त्यो तरीका सिक्छौ जसमा हामी हाम्रो सांसारिक तनावमाथि काबु पाउने गछौ । यही विद्यामार्फत हामी सुख, शान्ती तथा आनन्दको बाटो पहिल्याउन सफल हुन्छौ ।