आज फागुन संक्रान्ति, बुधाष्टमीव्रत पञ्चाङ्गसहित हेर्नुहोस्

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको १ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको अष्टमी तिथि विहान १०।३८ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । कृत्तिका नक्षत्र बेलुका ५।५६ बजेसम्म रहनेछ । आज एन्द्र योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४५ मा छ भने सूर्यास्त बेलुका ५।५२ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा छन् । आज फाल्गुन संक्रान्ति हो । आजबाट सूर्य कुम्भ राशिमा प्रवेश गरेका छन् । संक्रान्तिमा दान पुण्यका कर्म शुभ रहन्छन् । यसैगरी आज बुधाष्टमीव्रत पनि परेको छ । आजको दिनलाई भीष्माष्टमीव्रत पनि भनिन्छ । आज गरिएको व्रत शुभ फलदायी रहनेछ ।