मनको पछि किन लाग्नुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
इन्द्रियार्थान् विमूढात्मा मिथ्याचारः स उच्यते ।। – गीता

जो समस्त कर्मेन्द्रियलाई हठपूर्वक रोकेर मनले तत् इन्द्रियका विषयको चिन्तन गर्दछ त्यस्तो व्यक्ति मिथ्याचारी हो । मन अनुसार चल्ने व्यक्तिलाई मिथ्यथाचारी भनिएको छ । मिथ्या भनेको झुटो हो । मनको पछि लाग्नु झुटको पछि लाग्नु हो । कर्मेन्द्रियलाई रोकेर मनको वहकाउमा चल्नुलाई मिथ्या हो । त्यसैले मनलाई बुद्धिको नियन्त्रणमा राख्न सक्नु पर्दछ । अन्यथा झुटो संसारमा मनले निरन्तर घुमाइरहन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्–