कुर्सी मोहले गर्दा जनता गरिब र देश मागेर खाने भयो : चन्द्र भण्डारी

प्रकाशित मिति:

गुल्मी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले सिंहदरबारको कुर्सी मोहले गर्दा जनता गरिव र देश  मागेर खाने भएको बताएका छन् । गुल्मीमा नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका २ मुसिकोटले आयोजित हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको मंगलवार सम्पन्न कार्यक्रममा बोल्दै डा. भण्डारीले सो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले भने, ‘हामी जोसुकै राजनीतिक पार्टीमा विभाजित भएपनि हामी जनता र राष्ट्रको  हितका निम्ति र देशका प्रगतिको निम्ति हामीले सोचेनौ केवल सिंहदरबारको कुर्सीलाई मात्र सम्झियौ ।’  उनले भने, ‘ यहाँ कति बेला पार्टीहरु मिल्ने र कति बेला पार्टीहरु फुट्ने गर्दा हामी सबैलाई देशको प्रगति भन्दा सिंहदरबारको कुर्सीको मोहले गर्दा हामीलाई गरिव र संसारको राम्रो देशलाई  मागेर खाने बनायौं ।’

साथै पूर्व सांसद समेत रहेका नेता भण्डारीले पूर्वीय दर्शनको चर्चा गदै यसको ठूलो महत्व रहेको बताए । उनले हाम्रो शिक्षा गुरुकुल शिक्षा नितिमा आधारित हुनु पर्नेमा जोड दिदै यूरोप जस्तो देश जहा हिउँ नै हिउँका देशलाई त्यो देश नेताले स्वर्ग जस्तै बनाएको तर आफैमा स्वर्ग, सम्पन्न नेपालका युवाहरु विदेशिनु र अरब जान पर्ने बाध्यता बनाएको बताए । भण्डारीले भने, ‘अब शिक्षामा परिवर्तन गरेर भोलिका दिनमा शिक्षा र स्वास्थ्य व्यवहार र कर्ममा  हामीले तन्दुस्त बनाउनु पर्छ ।’

सोही अवसरमा नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी,नेकपा मुसिकोट नगरपालिकाका अध्यक्ष खुम बहादुर थापा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

महोत्सवको समापन समारोहमा विद्यालयको लागि महोत्सवका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट गरि १ करोड भन्दा चन्दा संकलन भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए ।महोत्सवमा आर्थिक सहयोग गर्ने बरिष्ठ चन्दादाताहरु लगायतका सपरिवारलाई बाजागाजा दोसल्ला सहित र  सम्मान पत्रले सम्मान गरिएको थियो ।

साथै विद्यालयको लागि ५ हजार भन्दा बढि आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।भने विभिन्न क्षेत्रबाट महोत्सवलाई सहयोग पुर्‍याएका व्यक्ति तथा संस्थालाई मायाको चिनोले सम्मान गरिएको थियो । विद्यालयमा प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि गत माघ २१ गते शुरु गरिएको मुसिकोट शैक्षिक तथा धार्मिक  हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ २९ गते अर्थात मंगलवार सम्पन्न गरिएको हो । मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको समापन कार्यक्रम मुल समारोह समितिका संयोजक कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको सञ्चालन कौरव खत्री र सागर लम्सालले गरेका थिए ।