सरकार र केसी का प्रतिनीधी विचको वार्ता मुख्य विषयमा प्रवेश गरेन

प्रकाशित मिति:

९ साउन, काठमाडौं । सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भने पनि सरकार र डा। गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको छ ।सरकारी र डा। केसी पक्षको वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकबारे छलफल नै हुन सकेको छैन ।नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्तासँगै अनौपचारिक सम्वाद चलिरहेको छ ।बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।तर, चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै ठोस सहमति भएको छैन ।नेम्वाङले संसदमा विचाराधीन विधेयक फिर्ता नलिने तर, आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएपछि डा। केसीको टोलीले लिखित नै बुझाएको छ । त्यसमा अध्यादेशमा भएका १० वर्षे प्रतिबन्ध लगायतका विषयहरु नै छन् ।मंगलबार साँझ भएको वार्तामा डा। केसीका अन्य मागहरुमा दुबै पक्ष सहमति नजिक पुगेका छन् ।तर, विधेयकमा केके संशोधन गर्ने भन्ने छलफल हुन सकेन । बुधबार विहानै फेरि बस्ने भन्दै दुबै वार्ता टोली उठे । बुधबार विहान वार्ताको खबर आएन ।नेम्वाङले माथेमा लगायतलाई प्रधानमन्त्रीसँग भेट गराए । त्यहाँ पनि केके संशोधन गर्ने छलफल नभएको, प्रधानमन्त्रीले चिकित्सा शिक्षाबारे आफ्ना धारणा राखेपछि डा। केसीलाई सम्झाइदिनुस्, बाँकी संसदमा हरौंला भनेको स्रोतले बताएको छ ।छलफलपछि डा। केसीको टोली निराश भएको छ भने नेम्वाङले सहमति नजिक पुगेको दाबी गरे ।लगतै सरकारी र डा। केसीको वार्ता टोलीबीच छलफल भयो । तर, सरकारी टोलीले विधेयकबारे छलफल गर्न नचाहेपछि एक घन्टाका लागि स्थगित भएको छ ।डा। केसीका तर्फबाट वार्तामा सहभागी एक सदस्यका अनुसार अहिलेसम्म विधेयकमा केके संशोधन गर्ने भन्ने कुनै सहमति भएको छैन ।आफूहरुले लिखित धारणा नै राखेपछि सरकारी टोलीबाट कुनै जवाफ नआएको उनले बताए ।