अनमोल केसी स्प्राइटका ब्रान्ड एम्बेसडर

प्रकाशित मिति:

कलाकार अनमोल केसी पेय पदार्थ स्प्राइटका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उत्पादन स्प्राइटले पहिलोपल्ट नेपालमा ब्रान्ड एम्बेसडर तोकेको हो । युवायुवती माझ लोकप्रिय केसीको नयाँ चलचित्र क्याप्टेन रिलिजको तयारीमा छ ।
कलाकार भुवन केसीका छोरा अनमोल नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारका रुपमा पनि चिनिन्छन् । ब्रान्ड एम्बेसडर भए वापत् अनमोल केसीले कति रकम पाए भन्ने बारे भने केहि खुलाईएको छैन् ।