अन्तत :रक्तिमबाट अलग्गिए जीवन शर्मा

प्रकाशित मिति:

नेकपा मसालको भातृ संगठन रक्तिम सांस्कृतिक समूहबाट अध्यक्ष जीवन शर्माले राजीनामा दिएका छन् । चर्चित जनवादी गायक शर्माले दुई दिनअघि पेश गरेको राजीनामा बुधबार पोखरामा बसेको केन्द्रीय कमिटीको बैठकले स्वीकृत गरेको हो । शर्माले आफ्नो उमेर र अन्य व्यस्तताको कारण देखाउँदै दुई दिनअघि राजीनामा दिएका थिए । तर, केन्द्रीय समितिले उनको राजीनामा बहुमतले अस्वीकृत गरेको थियो । बुधबार फेरि बसेको बैठकमा आफूले राजीनामा स्वीकृत गर्न पुनः अनुरोध गरेपछि स्वीकृत भएको शर्माले जानकारी दिए ।