काठमाडौं (सिडिओ) केदारनाथ शर्मा सरुवा,रामप्रसाद आचार्यलाई ल्याईयो

प्रकाशित मिति:

काठमाडौं– सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद आचार्यलाई ल्याएको छ। यसैगरी ३३ किलो सुन तस्करी तथा सनम शाक्य प्रकरणमा सरकारले गठन गरेको छानविन समितिका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागको प्रमुखमा सरुवा गरिएको छ।