काठमाडौं गोल्डेन्सको दोस्रो जित

प्रकाशित मिति:

काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ। प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो। काठमाडौंले पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको थियो। महेन्द्रनगरले भने लगातार दोस्रो हार ब्यहोरेको हो। पहिलो खेलमा महेन्द्रनगर रुपन्देही च्यालेन्जर्ससँग २ रनले पराजित भएको थियो।काठमाडौंले प्रस्तुत गरेको १ सय ३५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन मात्र जोड्न सक्यो। महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले सर्वाधिक २८ रनको योगदान दिए। उनले २७ बलमा २ चौंका प्रहार गरेका थिए। त्यस्तै कप्तान सरद भेषावकरले २३, आरिफ शेखले १८, आनन्द सुब्रमन्युले १५ र रोहित कुमार पौडेलले १० रन बनाएपनि टोलीलाई जिताउन सकेनन्।महेन्द्रनगरलाई १२७ रनमा रोक्न काठमाडौंका राशिद खानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै अंकीत दबासले २ तथा नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्रसिंह कार्कीले एक–एक विकेट लिए।