माल्टामा गठन भयो एनआरएनएको समन्वय समिती

प्रकाशित मिति:

माल्टामा तेज बहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय समिति गठन भएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलबार पद तथा गोपनियताको सपथ गराएका छन्। यो गैरआवासीय नेपाली संघ एनआरएनए को ८० औं राष्ट्रिय समन्वय समिति हो। कार्यक्रममा उपाध्यक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीलाई एकसुत्रमा बाँध्ने कदमको सुरुवात गरेको भन्दै एनआरएनए माल्टाका पदाधिकारीहरुलाई धन्यवाद दिए।