ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा—१ फागुन स्याङजाको गल्याङ नगरपालिका ११ स्थीत धरादीमा लु ३ त ६७१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग बाट करिब ८ सय मिटर तल धरादी खोलामा ट्याक्टर खस्दा गुल्मी जिल्ला सत्यवती गाउँपालिका२, बस्ने ३६ बर्षीय बाबुराम परीयारको घटानास्थलमा मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख शंकर आचार्यले जानकारी दिए । ।  चालक र सहचालक दाजुभाई भएको र उनीहरुबिच भनाभन् भई चालकले तनाबमा ट्याक्टर चलाएको कारण दुर्घटना भएको प्रहरीको अनुमान गरेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।