ग्रामीण बचत तथा ऋण सहकारी संस्था को स्थापना दिवस एवं रजत महोत्सव सम्पन्न

प्रकाशित मिति:

रामु भुषाल पश्चिम नवलपरासीको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ४ बर्दघाटले विविध कार्यक्रम गरि आफनो २५ औं स्थापना दिवस एवं रजत महोत्सव बुधबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा प्रदेश नम्बर ५ की भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारीलाई उत्पादनमा जोडिनका लागी आफ्ना योजनाहरु सहित प्रदेश सरकारसंग समन्वय र सहकार्य गर्दै अगाडी बढेमा उचित योजनाहरुलाई सपल पार्न प्रदेश सरकारले सहकारी कोष स्थापना गरेको बताउदै सहकारी मैत्री कानुन ल्याउने गरि सहकारी एैन बनाउन प्रदेश सभामा छलफल भइरहेको र सो एैन छिट्टै निर्माण भई कार्यान्वयमा आउने बताउनुभयो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख माया पौडेल, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी सघं नेफ्स्कुनका केन्द्रिय महासचिव चन्द्र ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष माधव प्रसाद गौतम, जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारी, बर्दघाट वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई, सस्थाका पुर्व अध्यक्ष बसन्त कुमार रेग्मी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पुर्व पदाधिकारी, कर्मचारी र विभिन्न रक्तदाता र विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । महोत्सवको अवसर पारेर संस्थाले तीन दिवसीय कार्यक्मको आयोजना गरेको थियो । यसअघि ग्रामिण सकोसले २५ औं स्थापना दिवस एवं रजत महोत्सव ३ दिने मनाउने निर्णय गरेको थियो ।

जस अन्र्तगत पहिलो दिन रक्तदान कार्यक्रम, दोस्रो दिन बर्दघाट नगरपालिका भित्रका मावि स्तरीय बकृतृत्वकला सम्पन्न गरेको थियो भने बुधबार बर्दघाटको पुरानो चौकी प्रांगाणमा औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो २५ औं वार्षिक उत्सव स्मारिका र ग्रामीण सन्देश त्रैमासिक पत्रिकाको विमोचनका साथ साथै विभिन्न सास्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ । सोहि अवसरमा विभिन्न स्रष्टाहरुद्धारा आ आफ्नो रचनाहरु गित, गजल, कविता प्रस्तुत गरिनुका साथै सांगितीक कार्यक्रम अन्र्तगत राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माको बेजोड प्रस्तुती रहेको थियो । सस्थाका उपाध्यक्ष देवीलाल अधिकारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव कृष्ण हरि पौडेलले गर्नुभएको थियो ।