अमेरिकी बैज्ञानिक डा।डेबिड आर नलिनले गरे ललितपुरको भ्रमण

प्रकाशित मिति:

काठमाडौँ /अमेरिकी चिकित्सक तथा बैज्ञानिक डा।डेविड आर नलिनले ललितपुरका सम्पदा पुनःनिर्माणको विषयमा जानकारी लिएका छन् । आइतवार ललितपुरमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँग भेट गरी उनले ललितपुरका कला, संस्कृति र सम्पदाको विषयमा विशेष चासो देखाउनुका साथै स्थानिय सरकारका काम कर्तव्यका विषयमा जानकारी लिएका हुन् ।आइतवार मेयरको कार्यकक्षमा भएको करिब १ घण्टाको भेटघाटपछि उनले ललितपुरमा मेयर चिरीबाबु महर्जनको कामबाट आफु निकै प्रभावित भएको वताएका थिए । मेयर चिरीबाबु महर्जनले ललितपुरका सम्पदा पुनःनिर्माणको अवस्था र यसमा देखिएको समस्याका बारेमा डा। डेबिड आर नलिनलाई जानकारी गराएका थिए ।

मेयर महर्जनले आफुहरु निर्वाचित भएर आएपछि सम्पदा पुनः निर्माणमा गरेको पहल, टेण्डर प्रणालीबाट सम्पदा निर्माण नराई उपभोक्ता समिति मार्फत गुणस्तरीयता कायम राख्दै पुनःनिर्माण गर्न गरेको पहल लगायतका विषयमा डा। आर नलिनलाई जानकारी गराएका थिए ।

मेयर महर्जनले अमुर्त सम्पदाको रुपमा रहेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारेमा समेत जानकारी गराउँदै सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका यस्ता मुर्धन्य व्यक्तित्वलाई जीवितै सम्मान गरेर नविनत्म परम्पराको सुरुवात गर्न चाहेको प्रस्ट्याएका थिए । मेयरले डा। आर नलिनसंग भने, ‘ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पनि एउटा जीवित सम्पदा हो । यस्तो व्यक्तिलाई जीवन छंदै सम्मान गर्न पाउनु ठूलो कुरा हो ।’ मेयरको जानकारीबाट प्रभावित भएका डा। डेबिड आर नलिनले भने, ‘ मिस्टर मेयर, तपाईको कामबाट म धेरै प्रभावित भए, छ महिना पछि नेपाल आउँदा जीवित सम्पदा सत्यमोहन जोशीसंग पनि भेट्ने छु, अरु धेरै कुरामा हामी छलफल गर्नेछौं ।’पाको उमेरसम्म तिक्ष्ण स्मरण शक्ति भएका ८९ बर्षिय डा डेबिड आर नलिनले २८ पटक नेपाल भ्रमण गरीसकेका छन् ।

यस दौरानमा नेपाललाई आफुले प्रदान गर्दै आएको सहयोग र सद्भाबमा कमि आउन नदिने समेत उनले बताएका छन् । त्यस्तै डा। डेबिडले पाटन म्यूजियमका विषयमा समेत जानकारी लिनुका साथै पाटन म्यूजियम भ्रमण तथा अवलोकन गरेका छन् । जिवनजलका पिता समेत भनेर चिनिने डा। डेबिडले करोडौ जनताको त्यान बचाएका छन् ।डा। डेबिडले नयाँ नयाँ कुराको अवलोकन गर्नुका साथै धैरै औषधीलगाएतको आविस्कार गरी सकेका छन् । उनी अहिले पनि क्यान्सरको विशेष भ्याक्सिन बनाउने तर्खरमा रहेको बताउँछन् । क्यान्सर रोग लाग्दा दिनु पर्ने १६ वटा सुईको साटो एउटै सुइले काम गर्ने गरी बजारमा ल्याउने तयारीमा रहेको समेत उनले बताएका छन् । नेपाल र नेपाली आफुलाई असाध्यै मन पर्ने बताउँदै नेपालसँगको सहकार्यलाई थप मज्बुत बनाउन आफु लाग्ने उनले जानकारी गराएका छन् ।