लागूऔषधसहित वीरगञ्जमा भारतीय नागरिक पक्राउ

प्रकाशित मिति:

काठमाडौं । लागूऔषध इन्जेक्सनसहित प्रहरीले वीरगञ्जमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।लागूऔषध इन्जेक्सन ल्याएर रक्सौलबाट ना८प ५१५१ नम्बरको मोटरसाइकलमा वीरगञ्ज आउँदै गरेका भारत हरिपुर पश्चिम चम्पारण बिहारका २२ वर्षे साहिल मियाँ भनिने नरुल हकलाई पक्राउ गरेको हो ।

उनको साथबाट पाँचरपाँच सय पिस नुफिर्न, डाइजयल्याब र फेनार्गन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।मियाँ वीरगञ्ज महानगरपालिका २३ मा बस्ने गरेको प्रहरीले बताएको छ । लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।