‘स्याम्पु’ अंग्रेजी नभएर संस्कृत शब्द, पहिलो प्रयोग भारतबाट

प्रकाशित मिति:

काठमाडौँ /नुहाउँदा धेरैजसोले स्याम्पुको प्रयोग गर्ने गरेका छन् । तर कहाँबाट कसरी सुरु भयो स्याम्पुको प्रयोग भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ ।स्याम्पु भन्ने शब्द झट्ट सुन्दा विदेशी शब्दजस्तो लाग्छ तर वास्तवमा यो संस्कृतबाट आएको शब्द हो । स्याम्पु चम्पुशब्दबाट बनेको हो । यसको अर्थ मसाज गर्नु भन्ने हुन्छ ।

स्याम्पुको प्रयोग १५ औं शताब्दीदेखि सुरु भएको थियो । यद्यपि यसको बनावट र प्रयोगको तरिका भने भिन्न किसिमको थियो । यसको उत्पादन पनि युरोप वा अमेरिका नभई भारतबाट सुरु भएको थियो ।भारतमा पहिला विभिन्न फलको प्रयोग गरी एक विशेष किसिमको साबुन बनाइन्थ्यो । बेलायती उपनिवेशका क्रममा भारतको साबुनमा बेलायतीले फाइदा देखे र यसको प्रयोगमा जोड दिए ।

सुरुमा यसको प्रयोग सबैका लागि सहज भने थिएन । सुरुमा यसलाई विशिष्ट मानिसले मात्र प्रयोग गर्ने गरेका थिए । सर्वसाधारणहरुले यसको प्रयोग गर्न पाउँदैन थिए ।