विमानस्थलमा सामान जफत प्रकरणमा रेखा थापाको सरकारलाई ध्यानाकर्षण

प्रकाशित मिति:

काठमाडौं । सामाजिक अभियन्ता तथा अभिनेत्री रेखा थापाले विदेशबाट नेपाल फर्कदा विमानस्थलमा नेपाली श्रमिक दाजुभाईहरुमाथि हुने असमान व्यवहार र ल्याएको सामान जफत वा कर तिर्नुपर्ने बाध्य बनाउनुपर्ने नियम सच्याउन भन्दै नेपाल सरकारको ध्यानाकर्षण गरेकी छन् ।

एयरपोर्टमा भन्सारका नाममा नेपाली श्रमिक दाजुभाईले आफ्नो प्रायोजना र परिवारका सदस्यका लागि ल्याएको सामान जफत हुने गरेको भन्दै अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकस् हुन् ।

 

‘एक÷दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने काम मानविय होइन्,’ थापाले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।