तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा ८२ वर्षीय बृद्ध पुर्पपक्षका लागि जेल चलान

९ श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना बृद्धलाई अदालतले पुर्पपक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । घोराही उपमहानगरपालिका वडा नं। ४ निवासी ८२ बर्षीय रामु खत्रीलाई दाङ देउखुरी जिल्ला अदालतले मंगलवार बालिका करणीमा दोषी ठहर गर्दै पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।
अदालतले खत्रीलाई एकै घरका तीन जना सहोदार दिदी बहिनीलाई विभिन्न प्रलोभन देखाएर करण गरेको ठहर गरेको छ । दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले खत्रीले तीन दिदी बहिनी बालिकालाई चकलेट, मिठाई खान दिने प्रलोभनमा पारेर बलात्कार गर्दै आएको खुल्न खाएको जानकारी दिइन । बालिकाका अभिभावक काममा बाहिर गएको समयमा उनीहरुलार्ई टिभी हेर्न आफ्नो घरमा बोलाएर खत्रीले प्रलोभनमा पार्दै गत बैशाख ८ गतेदेखि असार २४ गते दिउँसो सम्म बलात्कार गरेको खुल्न आएको एसपी सिंहले बताइन ।

८२ बर्षीय खत्रीले ४, ७ र ११ बर्षीया तीन जना छिमेकी बालिकालाई विभिन्न प्रलोभनमा पारेर जवरजस्ती बलात्कार गरेको एसपी सिंहले जानकारी दिइन । एसपी सिंहका अनुसार पछिल्लो पटक असार २४ गते दिउँसो ४ बर्षीया बालिकालाई बलात्कार गरेपछि उनले गुप्ताङ्ग लगाएत पेटमा भएको पिडा बारे आमालाई बताएपछि आमाले ४ बर्षीया छोरीको गुप्ताङ्ग हेर्दा खत्रीको कर्तुत सार्वजनिक भएको थियो । ‘ यस्तो कस्ले ग¥यो, भनि आमाले छोरीलाई सोध्दा बाजेले भन्ने उत्तर पाएपछि बल्ल खत्रीले गर्दै आएको अत्याचार खुलेको देखिएको सिंहले बताईन् । पत्नि विहिन ८२ बर्षीय रामु खत्रीले तीन वटै बालिका माथि अत्याचार गर्दै आएको तथ्य पुष्टि भएपछि अदालतले पूर्पक्षका लागि थुनामा पठाएको एसपी सिंहले बताइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने