जनसम्पर्क समिति अमेरिका का महासचिव मुनिन्द्र नेम्बाङका वुवाको अन्येष्टि

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


पाँचथर । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको बुधबार अन्येष्ठि गरिएको छ । नेम्बाङको फाल्गुनन्द–४ र ५ को संगमस्थल निभुखोलास्थित त्रिवेणीमा अन्येष्ठि गरिएको हो । अध्यक्ष नेम्बाङको पार्थिव शरीरलाई मंगलबार श्रद्धाञ्जलीको लागि गाउँपालिकाको कार्यालयमा राखिएको थियो । बुधबार बिहान सदरमुकाम फिदिमस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि श्रद्धाञ्जलीको लागि पार्थिव शरीर राखिएको थियो । त्यसपछि फिदिम बजारमा शवयात्रा गरी उनकै जन्मस्थल पुयाई पार्थीव शरीरलाई सेलाइएको हो । गत २६ माघमा गाउँपालिकामै एक कार्यक्रममा सहभागि हुने क्रममा अचनाक अस्वस्थ बनेका नेम्बाङको सोही दिन निधन भएको थियो ।

नेम्बाङको तीन छोरा र एक छोरी रहेका छन् । वि सं १९९८ सालमा बाबु नयेन्द्रराज नेम्बाङ र आमा श्रीहाङ्मा ९ थाम्सुहाङ  नेम्बाङको कोखबाट पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा जन्मेका नेम्बाङ लेखक समेत हुन् । उनको सम्झनाका तरेलीहरु संस्मरण संग्रह अमेरिकाका सम्झनाहरु संस्मरण र एउटा साँझको अवशान कविता संग्रह प्रकाशित छन् । नेम्बाङ नेपाल सरकारबाट प्रदान गरिने सुप्रवल जनसेवाश्री पदकबाट समेत बिभूषित भएका थिए । नेम्बाङ राजनीतिज्ञ, लेखकसँगै शैक्षिक, भाषिक, साँस्कृतिक र सामाजिक अभियन्ताको रुपमा समेत परिचित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया