जहां चार बच्चा जम्माउनेले आयकर तिर्नुपर्दैन

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी बडापेस्ट। आप्रवासन क मगर्न र घट्दो जन्मदर बृद्धि गर्नका लागि हंगेरीका प्रधानमन्त्रीले विवादह गर्न र बच्चा जन्माउन अपिल गरेका छन् । प्रधनमन्त्रीले जनसंख्या बृद्धिका लागि प्रवासिय होइन हंगेरीको बच्चा चाहिन्छ । हंगेरीका प्रधानमन्त्री विभक्टर ओरबनले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै सात बुद्ध परिवार संरक्षण कार्ययोजना अगाडि सारेका हुन् । चार बच्चा जन्माउने महिलालाई जीवनभरी आयकर नलाग्ने घोषणा गरेका छन् । र ठूलो कार किन्नका लागि सरकारले अनुदान दिने समेत सो योजनामा उल्लेख छ । एक्सन प्लानमा कम्तिमा दुई बच्चा भएको परिवारलाई घर किन्नका लागि ऋण प्रवाहको कार्यक्रम समेत समावेश छ । ४० बर्षभन्दा कम उमेरको महिलाले पहिलो विवाहका लागि ऋण प्राप्त गर्न सक्ने उल्लेख छ । ४० बर्ष उमेरका महिलाले पहलिो पटक विवाह गर्नका लागि २५ लाखसम्म विना ब्याजमा ऋण पाउन सक्ने बताइएको छ । तेस्रो बच्चा जन्मिएपछि सो ऋण मिनाहा हुने बताइएको छ ।

तीन बच्चा भएपछि सरकारले सात सिट भएको गाडी किन्नका लागि ८ लाख रुपैयाा सहयोग गर्ने बताएको छ । भिक्टरले भनेका छन्की प्रवासीमा निर्भरता कम गर्न र हंगेरीको भविश्य बचाउनका लागि यो तरिकार अपनाइएको बताए । उनले भने हामीलाई हंगेरियन बच्चा चाहिन्छ । माइग्रेशन सरेन्डर जस्तै हो । उनले यो निर्णयले जनसख्यामा बृद्धि हुने र महिला बच्चा जन्माउन प्रोत्साहित हुने बताए । उनले राष्ट्रको नाममा सम्बोधन गरिरहँदा राजधान बुडापेस्टमा भने यो नीतिको विरुद्धमा प्रदर्शन भइरहेको थियो । हंगेरीको जनसख्या ९७ लाख ८० हजार छ । हरेरक बर्ष ३२ हजारको दरले जनसख्याँमा कमी आइरहेको छ । हंगेरीमा एक महिलाको आसत बच्चा १ दशमलब ४५ रहेका छ । विश्वमा सबैभन्दा बढि प्रजनन दर पश्चिमी अफ्रीका नाइजरमा रहेको छ । त्यहाँ प्रति महिला ७ दशमलब २४ बच्चा रहेको छ । सन् २०१७ मा हंगेरीमा जन्म दर्ता सख्या ९४ हजार ६ सय रहेको छ जबकी मृत्यु दर्ता १ लाख ३१ हजार ९ सयको भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया