मर्चवारको बिकासमा भारतले सक्दो सहयोग गर्ने काउन्सलर चिकात्लाको भनाई

प्रकाशित मिति:

नेपालका लागी भारतीय दुतावासका काउन्सलर स्टेलीन बाबु चिकात्लाले मर्चवारको बिकासमा भारतले सक्दो सहयोग गर्ने बताएका छन् । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा चिकात्लाको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै उनले मर्चवारको बिकासमा सहयोगको वचन दिएका हुन । सम्मरीमाई गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा आयोजित कार्यक्रममा उनले मर्चवारलाई आफुले अन्न भण्डारको रुपमा पाएको बताए । अन्न चाडै नै खराब हुन नदिन स्थानियहरुको माग बमोजिम यस क्षेत्रमा चिस्यान केन्द्र बनाउन दुतावास मार्फत पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

नेपाल र भारत बीच हजारौ बर्ष देखी रोटीबेटीको सम्बन्ध रहेको बताउदै उनले नेपालमा भारतीयहरु सबै भन्दा सुरक्षित रहेको जिकिर समेत गरे ।रुपन्देहीका दक्षिणी क्षेत्र मर्चवार अहिले पनि जिल्लाको बिकट क्षेत्रको रुपमा परिचित छ । मूख्य बाटोकै अभाव झेलिरहेका मर्चवारमा २ लाख बढी जनसंख्या भए पनि स्वास्थ्यको पहुच न्यून रहेको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्र नाथ शुक्ल (बब्लु)ले बताए । नेपाल भारतको सीमामा रहेको मर्चवारमा भारतले ब्यवसायीक नाका खोले यसको बिकासमा तिव्रता आउने स्थानियहरुको माग रहेको छ । नेपाल तर्फ छोटी भन्सार रहे पनि भारतले कस्टम निर्माण नगर्दा छोटी भन्सारको औचित्य नरहेकोले भारतले पनि नाका खोल्न स्थानियहरुले चिकात्लालाई आग्रह गरेका थिए ।भारतीय दुतावासका काउन्सलर चिकात्लाले मर्चवारमा रहेको नेपाल भारतको सीमा तरैनीको अवलोकन समेत गरि आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।