सांसद जोन्सन र घिमिरे बीच भेटवार्ता

प्रकाशित मिति:

अमृत पाण्डेय ।न्यू जर्सी राज्य अमेरिकाका उपसभामुख एवम् सांसद गोर्डन एम जोन्सन (Gordon M. Johnson) संग जिपी कोईराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले भेट गरी नेपाल र अमेरिकी सम्बन्ध लाई मजबुत बनाउने विषयमा छलफल गर्नुभएको छ । भेटमा घिमिरेले जिपी कोईराला फाउण्डेशन संग सहकार्य गरी नेपालको विकासका लागि न्यू जर्सी राज्यको तर्फबाट सहयोग गर्न पनि जोन्सनलाई आग्रह गर्नुभयो । भेटमा जोन्सनले आफूलाई नेपालका लागि सहयोग गर्न पाउंदा खुशि लागेको बताउंदै हरेक पक्षबाट सहयोगका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । २०१७ मा नेपाल भ्रमण गरिसक्नुभएका जोन्सनलाई पूर्व उपप्रधानमन्त्रि एवम् परराष्ट्रमन्त्रि तथा जिपी काईराला फाउडेशनका अध्यक्ष सुजाता कोईरालाको तर्फबाट नेपाल भ्रमणको पुन : निम्तो दिंदै घिमिरेले नेपालको प्राकृतिक सौन्दर्यता , बुद्धको जन्मस्थल लुम्बिनी र विश्वकै सर्वोच्च शिखर सगरमाथा को भ्रमण गरी नेपालको बारेमा थप जानकारी लिंदै आर्थिक र पर्यटन क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो । निम्तोलाई स्वीकार्दै जोन्सनले छिटै नै नेपालको भ्रमण गर्ने बताउनुभएको छ । जोन्सन जिपी कोईराला फाउण्डेशन अमेरिका शाखाका  सल्लाहकार समेत हुनुहुन्छ ।