आत्मघाती बम हमला : २७ जनाको गयो ज्यान

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
43 Shares


काठमाडौं । ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको ज्यान गएको छ । बीबीसीले आक्रमणकारीले सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आक्रमण गरेको उल्लेख गरेको छ । आक्रमणमा परी २० गार्ड घाइते भएका छन् । घटनाको सुन्नी–मुस्लिम चरमपंथी समूह जैश अल–अदहलले जिम्मेवारी लिएको छ ।सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समूहले सन् २०१२ देखि सशस्त्र संघर्ष गर्दै आएको छ । यो समूहमा एक लाख २५ हजार कार्यकर्ता रहेको अनुमान गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया