रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने सेवाको परीक्षण सुरु

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
45 Shares


बीबीसी \ इ कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने सेवाको परीक्षण सुरु गरेको छ । अमेरिकाको वाशिङटन राज्यमा अमेजनले आफ्नो डेलिभरी रोबोट स्काउटको परीक्षण सुरु गरेको हो । वाशिङटन राज्यको नोहोमिस काउन्टीमा विभिन्न ६ वटा स्वचालित रोबोट ट्रकबाट ग्राहकको घरसम्म सामानहरुको पूर्‍याउन सुरु गरिएको छ । सुरुवातमा ती आपूर्ति रोबोटहरु दिनको समयमा मात्र सञ्चालित हुनेछन् र सुरुवातमा अमेजनका कर्मचारी पनि रोबोटको सहयोगमा खटिनेछन् । रोचक त के भने यी रोबोट ट्रकहरु मूल सडकबाट नभै सडकपेटीबाट गुड्नेछन् । अमेजनका उपाध्यक्ष सिन स्कटका अनुसार स्काउट रोबोट ट्रकहरु अमेजनको सिएटलस्थित अनुसन्धान तथा विकास ल्याबमा तयार गरिएको हो ।

यो रोबोटले सडक पेटीमा गुडिरहँदा बाटोमा रहेका मानिस, कुकुरहरु तथा अन्य चिजवस्तुलाई समेत राम्रोसँग पहिचान गर्नसक्दछ र दुर्घटनाको सम्भावना रहेको छैन । एउटा विज्ञापनिक भिडियोमा अमेजनको स्काउट रोबोटले ग्राहकको घरसम्म सामान पूर्‍याएको र सामानको क्रेता घरबाहिर निस्किएलगत्तै रोबोटको ढोका स्वचालित रुपमा खुल्ने र क्रेताले आफ्नो सामान आफै निकाल्न सक्ने देखिएको छ । यद्यपि रोबोटको उक्त डेलिभरी प्रक्रिया कसरी हुन्छ भन्ने कुराको विस्तृत विवरण दिइएको छैन । साथै यदि ग्राहक उक्त समयमा घरमा नभएमा सामान लिएर गएको रोबोटले के गर्छ रु भन्ने कुरा पनि बताइएको छैन । यद्यपि स्काउट मात्र एउटा रोबोट होइन जसले बजारमा सामानहरुको आपूर्ति गर्दछ । रोबोट कम्पनी स्टारर्ससीप टेक्नोलोजिजले हालै दुई दर्जन यस्ता स्वचालित रोबोटहरु उत्पादन गरेको छ जसले भर्जिनियास्थित कलेजका विद्यार्थीलाई कफी र पिज्जा डेलिभरी गर्दछ । जर्ज म्यासन विश्वविद्यालयका क्याम्पस हातामा एपमार्फत अर्डर गरिसकेपछि रोबोटले सामान डेलिभर गर्दछ । त्यस्तै सन फ्रान्सिस्कोमा यसअघि नै विभिन्न प्रविधि कम्पनीहरुले डेलिभरी रोबोट बनाएर प्रयोगमा ल्याइरहेका छन् । यद्यपि यस्ता स्वचालित रोबोटहरु बाटोमा गुडिरहँदा आउने सुरक्षा चुनौतिको बारेमा आलोचना पनि भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
  • चीनमा कोरोना भाइरसको उपचार गर्ने अस्पताल पाँच दिनमै तयार, उपचार…
  • जातिय कोटा प्रणाली अन्त्य गरि योग्यता अनुसारको रोजगार पाउने कहिले…
  • ७५ वर्षीय चन्द्रवीर जो एक्लैले पहाड फोडेर गाउँमा बाटो पुर्‍याए
  • तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानेर पक्राउ
  • नेकपा छोडेर दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा
  • नेविसंघको महामन्त्रीमा खनालको सम्भावना बढ्यो
  • अपाङ्गता नीति निर्माणमा समाबेशीकरण गर्न माग
  • सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार
  • यौनकाण्डमा सम्मिलित पत्रकारको अवस्था : ‘सुबेदी कारागारमा, बस्नेत र न्यौपाने…