बालिका बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

प्रकाशित मिति:

डोटी – १५ बालिका बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ । जोरायल गाउँपालिका–४ घाडका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीया खडकबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा बालिका एक्लै भएको मौकामा गएको सोमबार राति १० बजे बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मगर र पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ ।

पीडित बालिकाको बयानका आधारमा घरमा एक्लै सुतिरहेको बेलामा मगरले बालिकामाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो । उनले यसअघि गएको साउनमा पनि बालिका बलात्कारको प्रयास गरेको र संवेदनशील अंगमा हात हालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।