गायक सोनु निगमको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
101 Shares


बलिउडका चर्चित गायक सोनु निगमको आँखामा भएको एलर्जी बढेको छ । जसका कारण सोनु निगम फेरि अस्पताल भर्ना भएका छन् । साथै सोनु निगमका भारतको मुम्बईमा हुने भनिएका सबै इभेन्टहरु रद्द गरिएका छन् । एक हप्ता अघि गायक सोनु निगमले उनको सामाजिक सञ्जालमार्फत सी फूडका कारण उनको स्वास्थ्य बिग्रिएको भन्दै तस्बिर सार्वजनिक गरेका थिए ।

फेब्रुअरी ६ मा निगमले उनको इन्स्टाग्राम अकाउन्टमार्फत २ वटा फोटो शेयर गरेका थिए । तस्बिरमा उनको एउटा आँखा सुन्निएको थियो भने अर्को तस्बिरमा उनी अक्सिजन माक्स लगाएका थिए । त्यही दिन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका सोनुको बुधबार फेरि स्वास्थ्य बिग्रिएको हो । उनी फेरि अस्पताल भर्ना भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस