बुटवल पाल्पा सडकखण्ड पुन : अवरुद्ध

प्रकाशित मिति:

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड पुन ः अवरुद्ध बनेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि राति ११ बजेदेखि सडक अवरुद्ध भएकोमा डोजरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको थियो र उक्त स्थानमै फेरि पहिरो गएपछि बाटो पुन बन्द भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।