२५ हजार रुपैयाँ घुससहित प्रशासकीय अधिकृत पक्राऊ

प्रकाशित मिति:

काठमाडौँ / जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठलाई २५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राऊ गरेको छ । श्रेष्ठलाई प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

जग्गा किनबेचको क्रममा बैना गरेको ३ लाख ५० हजार रुपैयाँ फिर्ता गर्न माग गर्दै प्रशासन कार्यालयमा परेको उजुरी उपर कारबाही गर्ने क्रममा श्रेष्ठले रकम नदिए प्रहरीमा पठाएर थुनाइदने भनेपछि रकम दिन पीडित पक्ष राजी भएको बुझिएको छ ।रकम फिर्ता गर्न २५ हजार रुपैयाँ मागेपछि त्यही रकम दिने क्रममा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राऊ गरेको प्रहरीले जानकारी दिएको छ ।