रुद्राक्ष र स्वास्थ्यको सम्वन्ध

प्रकाशित मिति:

रुद्राक्ष जो चित्रहरुमा देवीदेवता एवं ऋषिमुनीहरुले पहिरिएको देखिन्छ । पाखुरामा, नाडीमा, गलामा रुद्राक्ष लगाएको पाइन्छ । अहिले पनि रुद्राक्ष धारण गर्ने सिलसिला जारी छ । रुद्राक्ष खेती गर्नेदेखि व्यवसाय गर्नेसम्म छन् । खासगरी मठ मन्दिरमा, पूजाआजामा, धार्मिक अनुष्ठानमा, योग  प्राणायाममा रुद्राक्ष प्रयोग गरिन्छ । आखिर किन रुद्राक्ष प्रयोग गरिएको होला रु यसको हाम्रो तन र मनसँग के सम्बन्ध छ रु रुद्राक्ष धारण गर्दा के फाइदा हुन्छ रु यावत् जिज्ञासा स्वभाविक रुपमा उठ्ने गर्छ । रुद्र र अक्ष रुद्राक्ष रुद्र र अक्ष मिलेर बनेको शब्द हो । यसको अर्थ रुद्र अर्थात भगवान शिवको आँशुबाट उत्पन्न भएको पौराणिक विश्वास रहेको छ । विभिन्न मुखी रुद्राक्ष १ देखि २१ मुख सम्मको हुन्छ । यी सबै रुद्राक्षको आ आफ्नै महत्व छ । रुद्राक्ष नेपालको मध्य पहाडी क्षेत्रमा पाइने एक प्रकारको वनस्पतिको बोटमा फल्ने घेरादार दाना हो । यसको दानामा हुने प्राकृतिक घेरालाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काईसमुखे रुद्राक्षका दाना फेला परेका छन् । एकमुखे रुद्राक्षलाई साक्षात् शिवस्वरूप मानिने भएकाले यो अमूल्य हुन्छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस, लसुन, प्याजजस्ता तामसी भोजन गर्न नहुने मान्यता छ ।

रुद्राक्षको आयुर्वेदिक महत्व रुद्राक्ष, जसले मानसिक शान्ति कायम राख्नुका साथै, हृदय रोग, नसा रोगमा फाइदा पुर्याउँछ । यसको आफ्नै आयुर्वेदिक महत्व छ । रुद्राक्षको बोक्राबाहेकको भागलाई औषधीको रुपमा प्रयोग गरिन्छ । जसलाई फलास्थि ९अर्थात फलको बोक्रा बाहेकको भाग० भनिन्छ । रुद्राक्षलाई चन्दन समान घोटेर निधारमा लगाउनाले शिरोरोग, अनिद्रा, ज्वरो, घामको प्रभाव, साथै अनुहारमा कान्ति आउने गर्दछ । यसको मुख्य कर्म उच्चरक्तचावमा हुने गर्दछ । यसको माला धारणले मात्र पनि यो रोग नियन्त्रण हुने जनविश्वास रहेको छ । रुद्राक्षले शरीरमा हुने विद्युतीय तथा चुम्बकीय क्षेत्रको सन्तुलन गराउँछ, जसले हाम्रो शरीरमा रगतको सञ्चार राम्ररी हुन पाउँछ । यही कारणले पनि रुद्राक्ष बाहिरी नकारात्मक विकीरणको प्रभाव रोकेर शरीरलाई रक्षा गर्ने काम गर्छ जसको वर्णन आयुर्वेदमा पहिले नै गरिएको पाइन्छ ।प्राचिन चिकित्सामा रुद्राक्ष यसको मालाले चिनियाँ चिकित्सामा प्रयोग हुने अकुप्रेसर पद्धती जस्तै शरीरका महत्वपूर्ण प्वाइन्टहरुमा शक्रियता गरेर उच्चरक्तचाप, मानसिक रोग, ग्रह बाधामा मद्दत गर्ने हुदाँ यसको माला धारण गर्दा हृदयसम्म पुग्ने गरि गर्नु पर्दछ र जप गर्दा राम्ररी थिचेर गर्नु पर्दछ । औषधिय गुण इन्टरनेशनल यूनिवर्सिटी फ्लोरिडाका वैज्ञानिक डा। डेविड लीका अनुसार रुद्राक्ष विद्युत ऊर्जाको आवेशलाई संचित गर्छ जसबाट यसमा चुम्बकीय गुण विकसित हुन्छ । यसलाई डाइ इलेक्ट्रिक प्रोपर्टी भनिएको छ । यसको प्रकृति इलेक्ट्रोमैग्नेटिक एवं पैरामैग्नेटिक हुनुका साथै यसको डायनामिक पोलेरिटी विशेषता अद्भुत छ । भारतीय वैज्ञानिक डा एसकेभट्टाचार्यले सन् १९७५ मा फार्माकोलोजिकल अध्ययन गरेर के बताए कीमोफार्माकोलोजिकल विशेषताका कारण यो मुटुरोग, रक्तचाप एवं कोलेस्ट्राल स्तर नियन्त्रणमा प्रभावशाली हुन्छ । यसले स्नायु प्रणालीमा पनि प्रभाव पार्छ भने न्यूरोट्रान्समीटर्सको प्रवाहलाई सन्तुलित बनाउँछ । रुद्राक्षको माला बाहेक पनि बियाँलाई चूर्ण बनाएर, पानीमा रातभर भिजाएर बिहान उठेर पिउने लगायतको तरिकाले पनि उपयोग गर्दा राम्रो नतिजा आउँछ ।यसमा रहेको रसायनिक तत्व एलोकर्पिदीन ,एलियाजिक अम्लले मानसिक समस्याहरु जस्तै मिर्गी रोग, अनिद्रा, मधुमेह जस्ता रोगमा समेत प्रयोग गर्न सकिन्छ । यसले कलेजोको रोग, फियोको रोगमा राम्रो प्रभाव देखाउँछ । त्यसैले जण्डिसमा, खाना रुचाउने, एलर्जीमा प्रयोग गर्न सकिन्छ ।रुद्राक्ष र तुलसीको माला लगाउने मानिसको फोक्सो स्वस्थ रहन्छ र क्षयरोगमा समेत उपयुक्त हुन्छ । रुद्राक्ष चूर्णलाई दुधसँंग सुत्ने बेलामा सेवन गर्नाले मनमा शान्ति हुने, राम्रो निद्रा पर्ने, स्मरण शक्तिमा बृद्धि हुने हुदाँ स्वस्थ व्यक्तिले पनि यसको प्रयोग गर्दा निकै लाभान्वित गर्दछ ।

वहुगुणी रुद्राक्ष रुद्राक्ष आफैमा एक चमत्कारीक वृक्ष हो जसको धार्मिक, अध्यात्मिक तथा शारीरिक फाइदाहरु रहेका छन् । यसको महत्व बुझेर यसलाई आफ्नो घरआगनमा त लगाइन्छ । तर प्रयोग गर्न नजान्दा खेर गईरहेको विडम्बना रहेको अवस्थामा यसको महत्व सबै माझ ल्याई उच्च रक्तचाप, मानसिक रोग जस्तो अहिलेको प्रमुख चुनौतीपूर्ण रोगहरुको निवारणमा हामी अग्रसर हुन सके हाम्रो सनातन धर्म हाम्रो वेदमाथिको आस्था अझ प्रगाड हुन्छ ।