लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा सिटी स्क्यान सेवा शुरु

प्रकाशित मिति:

चन्द्रकान्त खनाल , लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा सिटी स्क्यान सेवा शुभारम्भ भएको छ। प्रदेश नम्बर पांचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री वरालले अस्पतालको सुधारको लागि प्रारम्भिक काम अगाडी बढेको वताए। उनले अस्पतालको स्तरउन्नती तथा विकास गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको बताउंदै आम सर्वसाधारण जनतालाई सर्भशुलभ र गुणस्तरीय सेवा दिने जिम्मेवारी अस्पतालको भएको बताए ।

मन्त्री सुदर्शन बरालले बुटवलको लुम्बिनी प्रादेशीक अस्पताललाई रेफरल सेन्टरको रुपमा विकास गरिने समेत बताएका छन । बुटवलमा रहेको सबै प्रकारको उपचार गर्न सकिने गरी लुम्बिनी प्रादेशीक अस्पतालको विकास गर्नका लागि प्रदेश सरकारले वजेट विनियोजन गरि सकेको उनको भनाई छ । अस्पतालको वृद्वि विकासका लागि प्रदेश सरकारले अहिले साढे ७ करोड वजेट विनियोजन गरेको जानकारी गराउंदै ठूलो वजेट आवश्यक परेमा संघीय सरकारबाट ल्याउने आश्वासन दिए ।स्वास्थ्य क्षेत्रमा भएका नयांनयां प्रविधिको विकामा सर्वसाधारण जनताको पहुंच पुराउनु पर्ने र त्यसका लागि आवश्यक पर्ने सबै सहयोग प्रदेश सरकारले गर्ने मन्त्री बरालले आश्वासन दिए । मन्त्री बरालले गुणस्तरीय सेवा दिनेगरी प्रदेश अन्तरगतका सबै अस्पतालहरुको विकास गर्नुपर्ने बताउंदै कुन विरामीको लागि कुनकुन प्रविधि र कस्ता कस्ता जनशक्ति चाहिन्छन भनेर प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गरे । उनले अस्पतालमा कार्यरत कर्मचारीहरुको समयको माग अनुसार सेवा सुविधा वृद्वि विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउंदै नागरिकको विश्वास जितेर गुणस्तरीय स्वास्थ्य सेवा दिन मन्त्री वरालले निर्देशन गरेका छन् ।
उदघाटन कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले बहु वषिय योजनाको आधारमा अस्पतालको विकासका लागि सुधारका कामहरु शुरु भएको बताए । प्रादेशीक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन डाक्टर कृष्ण खनालले अस्पतालबाट वार्षिक ३ लाख १५ हजार मानिसलाई स्वास्थय सेवा प्रदा गरिएको जानकारी गराए ।
उनले सिटी स्क्यानबाट यस क्षेत्रका धेरै मानिसलाई सेवा दिन सकिने बताउंदै उनले बाहिर भन्दा १२ सय देखि १५ सय सस्तामो सिटी स्क्यान सेवा दिन सकिने बताए । अहिले २ सय ५२ वेडबाट स्वास्थ्य सेवा उपलब्ध गराईएको र आगामी चारपांच वर्षमा करिव ८ सय बेड सञ्चालन गर्न सकिने बताए । डा खनालले अस्पताललमा भएका नया सेवा सुरु भैरहेका काम र अब गर्नुेपर्ने कामको वारेमा जानकारी गराएका थिए । अस्पतालमा रेडियोलोजीष्ट प्रमुख डाक्टर राजेन्द्र खनालले अस्पतालको लागि जनशक्तिको अभाव रहेको बताए । सिटी स्क्यान माग भएको लामो समयपछि बुधबार एक औपचारिक कार्यक्रमका साथ सिटी स्क्यानको शुभारम्भ गरिएको छ । अस्पतालमा गुल्मी धुर्काेटका तेजप्रसाद पराजुलीलाई पहिलो सेवा दिईएको छ ।