भेरी नदीमा बस खस्यो, चारको शव निकालियो

प्रकाशित मिति:

जाजरकोट – बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ ।

बहिबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिए। रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालीसकेको छ ।