प्रेस काउन्सिलद्धारा आचार संहिताबारे बुटवलमा छलफल

प्रकाशित मिति:

बुटवल/समाजको चरित्रले पत्रकारितालाई प्रभावित पार्ने भएकाले सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । पत्रकारहरुले समाचार लेख्दा त्यसको प्रभाव र तथ्यलाई ध्यान दिनुपर्ने भन्दै आचार संहितालाई गायत्री मन्त्रका रुपमा लिनुपर्ने सञ्चार सम्बद्ध व्यक्तिहरुले बताएका हुन । प्रेस काउन्सिल नेपाल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाको समन्वयमा विहिबार बुटवलमा आयोजना गरिएको मिडिया प्रतिको जनगुनासो तथा पत्रकार आचार संहिता बिषयक छलफल कार्यक्रममा बोल्ने सहभागीहरुले पत्रकारिताले समाजलाई सहि ट्रयाकमा हिडाउनका लागि आफू पनि जवाफदेहि बन्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी प्रसाद ओझाले आफूहरुले आचार संहिता उल्लघनको उजुरी लिने मात्रै नभई पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा पनि काम गर्दै आएको बताए । उनले पत्रकारहरुले पत्रकार आचार संहितालाई गायत्री मन्त्रका रुपमा लिनुपर्ने भन्दै समाचारमा सन्तुलन कायम गर्नुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा भएका त्रृटि सच्याउँदै समाजलाई सहि गतिमा लैजान मिडियाले सघाउनुपर्ने बताए । सरकारले पछिल्लो समयमा ल्याएका सञ्चार सम्बन्धि कानुन निरकुश बन्दै गएकाले यसतर्फ पत्रकार सम्बघ सस्थाहरुले चासो लिने बेला आएको सदस्य ओझाले बताए । कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हरि सिंह धामीले देशमा सिस्टम नभएकाले हरेक क्षेत्रमा कमजोरी रहेकाले यसलाई सच्चाउने दायित्व सञ्चार क्षेत्रको रहेको बताए । उनले सबै क्षेत्रका व्यक्तिहरु मिलेर भएका कमजोरी सुधार गरेर जानुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले पत्रकारिताको विकास सँगै केहि विकृतीहरु पनि देखा परेकाले यसलाई पत्रकारहरुले सुधार गरेर जानुपर्ने बताए । उनले सामाजिक सञ्जालमा व्यक्त विचार र पत्रकारितालाई एउटै रुपमा बुझ्न नहुने बताए । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले अरुलाई जवाफदेहि बनाउने पत्रकार पनि जवाफदेहि बन्न सक्नुपर्ने बताए । उनले अब मिडिा हाउसले कस्तो समाचार बनाउने भनेर समिक्षा गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, सल्लाहाकार नारायण सापकोटाले प्रेस काउन्सिलकै पदाधिकारीहरुले पनि आचार संहिता पालना गर्नुपर्ने बताए । प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईले बिषयबस्तुबारे प्रकाश पार्दै जिम्मेवारी पूर्ण पत्रकारिता गर्ने बेला आएको बताए । उनले प्रेस काउन्सिल नियमनकारी निकाय भएकाले गुनासो भए उजुरी गर्न आग्रह गरे ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि डिल बहादुर मल्ल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही व्यापार संघका कार्यवाहक अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका कृष्ण प्रसाद पराजुली, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ कार्यालय बुटवलका प्रमुख पवन कुमार भट्टले पत्रकारहरुले समाचार सत्य तथ्यका आधारमा बिषयलाई न्याय हुने गरि लेख्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पत्रकारहरु रामराज पोखरेल, भवानी पाण्डे, सिपि खनाल, लक्ष्मण पोखरेल, दामोदर खनाल, नरेश अधिकारी, शिव डुम्रे, युवराज पाण्डे, रीमा विसि, कविन्द्र नेपाल, सुदीप भण्डारी लगायतले पत्रकारहरुबारे भ्रम छर्ने काम भएकाले तथ्यका आधारमा कहाँ कस्ले गल्ती गरेको हो त्यो आधारमा छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।