रिपोर्टर्स क्लव प्रदेश ५ बुटवल द्वारा प्रेस काउन्सीलका सदस्यहरुलाइ स्वागत तथा सम्मान

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल /रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलले प्रेस काउन्सीलका सदस्यहरुलाइ स्वागत तथा सम्मान गरेको छ ।क्लवमा एक कार्यक्रम गरि नेपाल प्रेस काउन्सीलका सदस्य गोबिन्द प्रसाद चौलागाइ,अर्का सदस्य इश्वरी ओझा ,पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारी लगायतलाइ सम्मान तथा स्वागत गरिएको हो ।

सो अबसरमा बोल्ने बक्ताहरुले पत्रकारितालाइ मर्यादित र प्रमाणमुखी बनाउनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै प्रेस काउन्सीलका सदस्य इश्वरी ओझाले रिपोर्टर्स क्लव र काउन्सीलको सम्बन्ध बलियो भएको भन्दै सहकार्य गरेरै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले क्रियाशिलताकै कारण क्लव उचाइमा पुगेको उल्लेख गरे ।

अर्का सदस्य गोबिन्द प्रसाद चौलागाइ,पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारी, राससका पूर्व अध्यक्ष बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले मोफसलको पत्रकारिताको उच्च प्रशंसा गरेका थिए । क्लवका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया