सशस्त्र प्रहरीको डीएसपी र एसपीमा बढुवाका लागि आवेदन आह्वान

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौं । सशस्त्र प्रहरी बलमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ । बिहीबार मात्रै प्रहरी नायब उपरीक्षक ९डीएसपी र प्रहरी उपरीक्षक ९एसपी बढुवाका लागि आवेदन दिन सूचना जारी भएको छ ।सशस्त्रमा शैलेन्द्र खनाल प्रहरी महानिरीक्षक बनेदेखि हालसम्म ४ हजार दुई सय ६९ जनाको बढुवा भइसकेको छ भने अझै उत्तिकै संख्यामा दरबन्दी खाली छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार प्राविधिक र साधारण दुवै समूहतर्फका प्रहरी निरीक्षक र डीएसपीको बढुवाका लागि आवेदन दिन आह्वान गरिएको हो । जसअनुसार कानून, स्वास्थ्य, सञ्चार तथा इञ्जिनियरिङसहित साधारण समूहतर्फ एसपी र साधारण समूहबाट डीएसपी हुन योग्यता पुगेकाहरुलाई आवेदन दिन भनिएको छ ।

जारी सूचनामा बढुवाका लागि आवश्यक शैक्षिक प्रमाण पत्रसहित बढुवा प्रायोजनार्थ आवश्यक कागज पत्रसहितको आवेदन बढुवा सिफारिस समितिमा बुझाउन भनिएको छ ।सशस्त्र प्रहरीको नियमावलीमा बढुवा सिफारिस गर्नुअघि योग्य उम्मेदवारले पहिले आवेदन दिनुपर्ने व्यवस्था छ । त्यसपछि मात्रै बढुवा समितिले सिफारिस सूची निकाल्नेछ ।हाल सशस्त्र प्रहरीमा दुई जना एसएसपी, ४५ एसपी, २९ डीएसपी र ५३ जना प्रहरी निरीक्षकको दरबन्दी खाली छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया