साथीको फेक आईडी बनाएर केटालाई अश्लिल म्यासेज

प्रकाशित मिति:

डोटी । साइबर क्राइम गरेको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् ।साथीको फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाइ पुरुषहरुसँग अश्लिल कुरा गर्ने एक किशोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै कक्षामा अध्ययन गरिरहेकी साथीको फोटो राखेर खोलिएको आईडीबाट आफूलाई यौन इच्छा लागेको भन्दै अश्लील सन्देश पठाउने गरेको प्रहरीले बताएको छ ।आफ्नो फोटो प्रयोग गरेर नक्कली आइडी बनाइ अश्लिल संदेश पठाएको भन्दै पीडित छात्राले नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंमा मुद्धा दायर गरेकी थिइन् ।पीडित किशोरीको निबेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

घटनाको संबेदनशिलतालाई मध्येनजर गरी आरोपी र पीडितको नाम भने गोप्य राखिएको प्रहरीले बताएको छ । आरोपीलाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।स्रोतका अनुसार एउटै कक्षाकोठामा पढ्ने ती दुई छात्राहरुबीच केही दिनअघि झगडा भएको थियो । सोही रिसमा ती छात्राले साथीको बद्नाम गर्नका लागि यस्तो गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।