धनुषामा ११ वर्षीया बालिकाको हत्या

२ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
29 Shares


धनुषा – धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो ।बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा बिहीबार बिहान १० बजे फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आधा जलेको शवलाई पोष्टमर्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो ।

आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भए पनि के कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमर्टम रिपोर्ट पछि मात्र भन्न सकिने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ