रणवीर सिंहले ‘आई लभ यू’ भनेपछि राखी सावन्तले बनाइन् उनको नामको ट्याटू

प्रकाशित मिति:

बलिउडकी कन्ट्रोभर्सी क्वीनको रुपमा परिचित राखी सावन्त चर्चामा आउनका लागि बेलाबेलामा सामाजिक सञ्जालमा केही न केही गरिरहेकी हुन्छिन् ।राखीले चर्चामा आउनकै लागि यतिबेला फेरि यस्तो काम गरेकी छिन् जसका कारण उनी सामाजिक सञ्जालमा छाइरहेकी छिन् ।

अभिनेता रणवीर सिंहले केही दिनअघि उनको फिल्म ‘गली ब्वाय’ को प्रमोशनको एक कार्यक्रममा राखी सावन्तलाई ‘आई लभ यू राखी’ भनेका थिए ।यसका साथै रणवीरले राखी सावन्तलाई रकस्टार पनि भनेका थिए । रणवीरले यस्तो भनेपछि राखी सावन्तले त्यसको बदलामा यस्तो काम गरेकी हुन् ।