उपचारपछि ‘हिन्दी मिडियम’ को सिक्वेल गर्दै इरफान

प्रकाशित मिति:

लण्डनमा न्यूरोएन्डोक्राइन ट्यूमरको सफल उपचारपछि अभिनेता इरफान खान स्वदेश फर्किएका छन् । आफ्नो अभिनयका लागि प्रशंसित उनी भारत फर्किएसँगै उनको भावी कदमलाई लिएर अडकल लगाउन सुरु भएको छ । उनी २२ फेब्रअरीबाट हिन्दी मिडियमु को सिक्वेलको छायांकन सुरु गर्ने भारतीय मिडियाले बताएका छन् ।
केहीले भने उनको अहिले मुम्बईमा उपचार भइरहेको दाबी गरिरहेका छन् ।

इरफानको एक नजिकको स्रोतले विश्वविख्यात अभिनेताको स्वदेश फिर्तालाई पुष्टि गर्दै अन्य सबै दाबीलाई अफवहा भनेको छ । सूत्रले भन्यो इरफान मुम्बई फर्किसकेका छन् । मानिसहरु बिना कुनै पुष्टि अनेकन कहानी बनाइरहेका छन् ।

साकेत चौधरी द्वारा निर्देशित २०१७ को हिट फिल्म हिन्दी मिडियमु एक यस्तो दाम्पत्तिको कथा हो, जो आफ्नो छोरीलाई सर्वश्रेष्ठ शिक्षा दिन चाहन्छन् जसले गर्दा समाजमा कुलिन वर्गले स्विकार गर्न सकोस् । यो फिल्ममा पाकिस्तानी अभिनेत्री सबा कमरको पनि प्रमुख भूमिका थियो ।

दिनेश विजानको प्रोडक्सनमा बन्न लागेको ुहिन्दी मिडियम २ु एक दर्शक अगाडि बढ्नेछ र इरफानको चरित्र राजको कहानी बयान गर्नेछ । विजानले भने, म दुई हप्ताभित्र फिल्मको आधिकारिक घोषणा गर्नेछु । यसअघि हिन्दी मिडियमु को सिक्वेलमा शाहरुख खान र काजोल हुने चर्चा थियो ।