भेनेजुयलाबाट तेल नकिन्न अमेरिकाको चेतावनी

प्रकाशित मिति:

एजेन्सी – अमेरिकाका राष्ट्र्यि सुरक्षा सल्लाहकार जोन बोल्टनले भारत सहित विश्वका अन्य देशलाई भेनेजुयलाबाट तेल खरिद गरिरहेकोमा चेतावनी दिएको छ । समस्याले घेरिएका राष्टपति निकोलस माडुरोको चोरीलाई समर्थन गर्ने कुनै पनि देश र कम्पनीलाई नछोड्ने उनले बताए । बोल्टनले ट्विटरमा उक्त चेतावनी दिएको हो ।

ल्याटिन अमेरिकी देशका सरकारी कम्पनी पीडीभीएसएका अध्यक्ष्ँ म्यानुएल क्युवेडोको विज्ञप्ती आएको एक दिनपछि उनको यो चेतावनी आएको हो । क्युवेडोले भारतमा आयोजित पेट्रेटेक सम्मेलनका क्रममा पत्रकारहरुसँग साक्षात्कारमा प्रतिबन्ध झेलिरहेको उनको देश धेरै परिमाणमा कच्चा तेल भारतलाई बेच्न इच्छुक रहेको बताएका थिए ।

अमेरिकाले भेनेजुयलाको कच्चा तेलको निर्यातमा अंकुश लगाउने मनसायले पीडीवीएसएमाथि रोक लगाएको छ र समाजवादी राष्टपति माडुरोमाथि पदबाट हट्ने दबाव दिइरहेको छ । भारतलाई तेल आपुर्ति गर्ने मामिलामा भेनेजुयला तेस्रो सबैभन्दा ठुलो देश हो ।

क्युवेदोको भारत भ्रमणका सम्बन्धमा प्रतिक्रिया दिँदै बोल्टनले भेनेजुयलाको संसाधान चोरी गर्ने माडुरोको समर्थन गर्ने देश र कम्पनीलाई भुल्न नसक्ने बताए । धेरै तेल बेच्ने अभिप्रायले क्युवेडो भारत भ्रमणमा रहेको समाचार सेयर गर्दै उनले ट्विटरमा लेखेका छन् ( भेनेजुयलाका नागरिकको सम्पती सुरक्षित राख्नका लागि अमेरिका आफनो सबै सक्तिको उपयोग गर्नेछ । हामी अन्य देशलाई पनि यसतो गर्न प्रोत्साहित गर्नेछौ ।

भेनेजुयलाको पछिल्लो राजनितिक संकटमा अमेरिकी प्रत्यक्ष हस्तक्षेपलाई लिएर मस्कोले चेतावनी दिइसकेको छ । विपक्षी नेता गुएडोले आफुलाई देशको अन्तरिम राष्टपति घोषणा गरेकोमा अमेरिका लगायत उसका सहयोगीहरुले त्यसलाई मान्यता दिएका छन् । चीन र रुस लगायत केही ल्याटिन अमेरिकी देशले माडुरोलाई आफनो समर्थन जारी राखेका छन् । देशमा जारी माडुरो विरुद्धको विशाल प्रदर्शन तथा अन्तराष्ट्र्यि जगतमा त्यहाँको घटनालाई लिएर देखिएको विभाजनले भेनेजुयला गृहयुद्धको संघारमा रहेको अनुमान गरिएको छ ।