प्रधानमन्त्री भन्छन – हावाबाट पनि आम्दानी गर्न सकिन्छ

३ फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
0 Shares


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो १ वर्षे कार्यकालमा विपक्षीहरुले धेरै आलोचना गरे पनि जनताको पक्षमा दूरगामी महत्वका काम भएको बताउनुभएको छ । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरवारमा आयोजित ‘वर्तमान सरकारको एक वर्ष, संघीयता, सुशासन र समृद्धिको आधार वर्ष’ विषयक कार्यक्रममा उहाँले यसबीचका प्रगतिले विश्व चकित भएको दाबी गर्नुभयो ।

संसदको बैठक नबोलाएको अवस्थामा गत साल फागुन ३ गते आवश्यक मत लिएर ओली राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री बन्नुभएको थियो । अस्थायी र ९ महिने सरकार हेर्ने बानी परेकालाई यो परिस्थिति नपचेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘अब सरकार फेरिदैँन, त्यसैले हेराई र आफ्नो बानी फेर्नुपर्छ, सरकार सबैसँग गहिरो मित्रता राख्दछ, कसैसँग पनि शत्रुता कायम राख्दैन ।

‘छिमेकी नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको र विश्वले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले थप्नुभयो–नयाँ उद्योग स्थापना हुँदै गरेका छन्, विदेशी लगानीको वातावरण बन्दै आएको छ, विदेशिने नेपालीको संख्यामा ३९ दशमलव १ प्रतिशत कमी आएको छ, भूकम्पपछिको पुननिर्माणले गति लिएको छ ।’

सरकारको एक बर्ष

प्रधानमन्त्री ओलीले यसबीचमा एयरपोर्टको अवस्थामा सुधार आएको, जनतामुखी कार्यक्रम सञ्चालन गरिएको, खानेपानीका ३ सय ९ वटा आयोजना थपिएको, आर्थिक बृद्धिदर बढेको, संघीयता कार्यान्वयना निकै ठूलो उपलब्धि हासिल गरेको, र लोकतन्त्रलाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गरिदै आएको पनि दावी गर्नुभयो ।

आफूले गरेका राम्रो काम पचाउन नसकेर विपक्षीले आलोचना गरेकोप्रति प्रश्न उठाउँदै उहाँले विगत एकवर्षमा विकासका आधार तय भएको र बाँकी ४ वर्षमा घोषित प्रतिवद्धता र योजनाहरु पूरा गरेर छोड्ने अठोट गर्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको ३ महिना बितिसक्दा पनि सरकारको नेतृत्व गरेको पार्टीले सरकार नछोडेको भन्दै उहाँले भन्नुभयो –‘ कानुनका ९ वटा सिंङले लोकतन्त्रलाई चिथोर्ने काम ग¥यो, सरकार छोड्न बहानाबाजी गर्दै सत्तामा टाँसिएर बस्ने सोच पलायो ।’

‘एउटा सरकार विस्थापन गरी अर्को सरकार बनेको मात्र होइन, यो २ तिहाइको जनताको समर्थनको सरकार हो, अढाई दशकपछि जनताले एउटै पार्टीलाई यत्रो मत दिएका छन्’ प्रधानमन्त्री ओलीले थप्नुभयो ‘२०१५ सालमा एउटै पार्टीको सरकार बन्यो, त्यसपछि यस्तो अवस्था २०४८ सालमा आयो अहिले हामीले त्यस्तै अवसर पाएका छौं, त्यसैले बोलेर होइन गरेर नै देखाउँछौं ।’

सरकारबारे नकारात्मक टिकाटिप्पणी गर्न छोडेर राम्रा कामको प्रशंसा गर्न आग्रह गर्दै उहाँले प्रदेशलाई १७ र स्थानीय तहलाई २१ वटा कानुन बनाएर सहयोग गरेको, अस्तव्यस्त भएको राज्य संयन्त्रलाई सही दिशामा ल्याएको र संघले २५ वटा कानुन पारित गरेको जानकारी दिनुभयो ।  गत पुस २२ गते प्रतिनिधिसभाको बैठकमा दिइएको सार्वजनिक मन्तव्यको वक्तव्यमा प्रस्तुत गरिएका तथ्यांकलाई मिथ्यांक भनेर विपक्षीले आलोचना गरेको भन्दै उहाँले धेरैवटा कार्यक्रम सुरु गरेर जनताको दैनिक जीविकाको पक्षमा अभियान चलाउँदै आएको बताउनुभयो ।

१ घण्टा लामो सम्बोधनका क्रममा उहाँले सुन तस्करी नियन्त्रण हुँदै गरेको र कुनाकाप्चाबाट भ्रष्टाचार गर्न खोज्नेहरु सरकारसँग क्रोध भएको टिप्पणी गर्नुभयो । तर ओलीले पछिल्लो समयमा आलोचना गरिएको शान्ति सुरक्षाको विषयमा केही बोल्नुभएन । उहाँले प्रत्येक ३ दिनमा एउटा तुइन बिस्थापित भएको र महंगी नबढेको विवरण सुनाउँदै प्रधानमन्त्री ओलीले हावाबाट पनि आम्दानी गर्न सकिने बताउनुभयो । यसैबीच सरकारको १ वर्षे कार्यकालको सफलताबारे चर्चा गर्न आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल उपस्थित हुनु भएन । यस्तै धेरैजसो मन्त्रीहरु सहभागी भए पनि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुको उपस्थिति देखिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • घुस लिदै गर्दा कार्यकक्षबाटै नायब निरीक्षक पक्राउ
  • स्वास्थ्यमन्त्री अमेरिका जाँदै
  • १२ औै वाषिैकत्सवको अवसरमा सनराइज बैंकको रक्तदान कार्यक्रम
  • दुई विधेयक स्वीकृत, एक समितिमा
  • झापामा तालु नभएको बालिकाको जन्म
  • नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय
  • नागरिकता विधेयक पारित हुन नदिन सांसदहरुलाई सभापति देउवाकाे निर्देशन
  • सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट
  • विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि जनसम्पर्क अमेरिकाले नेपाली राजदूतावासमा ज्ञापन…
  • सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस