डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

प्रकाशित मिति:

काठमाण्डौ – शुक्रबार पनि डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा छ । बिहीबार साउदी रियाल १ खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । बिहीबार यसको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो ।

शुक्रबारको लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा छ । अघिल्लो दिन दिर्हामको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा छ । बिहीबार रिंगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४८ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९४ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ८२ पैसा छ । बिहीबार खरिददर २९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २८ पैसा थियो । यसैगरी कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ । बिहीबार वनको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा थियो ।