सोह्र थान कौडासहित २३ जुवाडे पक्राउ

३ फाल्गुन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
0 Shares


भरतपुर –  जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले विहीबार राति जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । प्रहरीले रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको प्रहरी टोलीले भरतपुर महानगरपालिका–११ भोजाडस्थित छिन्केश्वरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । छिन्केश्वरी टोलका एक व्यक्तिको घरको दोस्रो तलामा कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा राति साढे ११ बजे छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु चितवन, तनहुँ र गेरखाका रहेका छन् । उनीहरु पेशेवर रूपमा कौडा खेल्ने गरेको अनुसन्धानबाट खुलेको राठौरले बताउनुभयो । विहीबार दिउँसो गोरखासमेत पुगेर जुवा खेलेका उनीहरु प्रणय दिवस (भ्यालेनटाइन डे)को अवसर भन्दै भरतपुरमा आएर कौडा खेलेको राठौरले बताउनुभयो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र सबैलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने राठौरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनले गएको दशैँ/तिहारको समयमा मात्रै १२० जुवाडेलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो
  • भारतमा फेला परे नयाँ प्रजातिका माछा
  • घुस लिएको अभियोगमा सबइञ्जिनीयर पक्राउ
  • भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना…
  • पत्रकार डायलसन अधिकारीको निधन प्रती सभापति भरत कुमार शाह दुःख…
  • रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
  • काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ
  • बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो
  • चितवनका प्रहरी प्रमुखले भने– आन्दोनकारीमाथि सूक्ष्म निगरानी गरिरहेका छौं
  • शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश