चीनको पाकिस्तान माथि चासो : इमरानले हैन शरिफले जितुन्

प्रकाशित मिति:

चीन महाशक्ति राष्ट्रको दौडमा रहेको कुरामा त कुनै शंका छैन ,साथै उसले बिभिन्न देशमा आफ्नो उपस्थितिलाई तिव्रता पनि दिइरहेको हुन्छ । यस्तैमा अहिले चीन पाकिस्तानमा हुने चुनावी परिणामको कुरामा गहिरो नजर राखेको भारतीय मिडियाहरुको बिश्लेषण छ । चीनले चीन पाकिस्तान आर्थिक करिडोर (CPEC) मा उसले गरेको ६२ अर्ब डलर नवाव सरिफको पार्टीले नजिती इमरान सत्तामा आए उसको परियोजनाको अवस्था के होला भन्ने त्रास बोकेको छ । इमरानले चुनाव प्रचारको क्रममा यसको आलोचना गर्दै आइरहेकाछन् । चीनले आफ्नो महत्वकांक्षी वेल्ट एण्ड इनिसियटिभ कार्यक्रमको शुरुवात गरेको थियो । यो सहयोगले पाकिस्तानमा ठुलो परिवर्तन आउने र यसले नवाजलाई सहयोग पुराई सरकार बलियो बनाउने उसलाई लागेको थियो । शरिफको बर्खास्तगी भन्दा पहिले चीनको एक रेनमिन बिश्वबिद्यालयको आकंलनले बताए अनुसार यो कार्यक्रमको सही कार्यान्वयन नवाज नेतृत्वको सरकारमा मात्र हुन सक्छ । चुनाव प्रचारका क्रममा पाकिस्तान तहरीक ए इंसाफका नेता समेत रहेका इमरान खानले यो कार्यक्रममा अपारदर्शिता र भ्रष्ट्रचार भएको भन्दै आलोचना गर्ने गरेकाछन् । तर चीनिया अधिकारीहरुले पाकिस्तानमा जसको सरकार भए पनि सहयोग जारी रहने बताउँदै आएकाछन् ।