नेकपा परीत्याग गर्नेको ओईरो – ६७ जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

अर्घाखाँची – नेकपा परित्याग गरि ६७ जना नेता तथा कार्यकर्ता सन्धिखर्क नगरपालिका वाड नम्वर ३ मा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाल तरुण दल सन्धिखर्कको आयोजनामा ३ नम्बर वडामा पार्टी प्रवेश तथा तरुण दलको संगठन विस्तार कार्यक्रममा तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा र वर्तमान सरकारले जनताको हित हुने गरि काम गर्न नसकी देशमा हत्या हिंसा बलत्कार र भ्रष्टाचार बढेको भन्दै उनीहरु नेकपा परित्याग गरि कांग्रेसमा प्रवेस गरेका हुन ।

नेकपा परित्याग गर्ने गफर मियाँ, नेभिम बहादुर बिक, कल्पना मुखिया, मदन श्रेष्ठ, राम दङ्गल, तील बहादुर राष्कोटी लगायत ६७ जना रहेका छन ।

तरुणहरु एकजुट भएर लागेमा पार्टीको संगठनलाई मजबुद बनाउँन सकिने नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले बताए। नेकपा परित्याग पार्टी प्रवेशीहरुलाई स्वागत गर्दै उनले भने “कम्युनिष्टहरु केही काम गर्दैनन् नारा मात्रै लगाउँछन, गरिव जनताको घरघरमा पुगी काँग्रेसले जनताको हितका लागी काम गर्छ, चुनावमा लगाएका नाराहरु भाषणमै सकिए, कम्युनिष्ट सरकार भष्ट्र बन्दै गएको छ, काम भन्दा कुरा धेरै भए।”

सन्धिखर्क नगरपालिकाले विकास निमार्णमा फड्को मार्दै गएको काँग्रेसका पुर्व सभापति तथा सन्धिखर्क नगरप्रमुख कमल भुसालले बताए। नगरपालिकाले ३ वडामा विकास निमार्णमा धेरै ध्यान दिएको बताउँदै चुनावमा गरिएका बाचाहरु पुरा गर्ने समेत उनले बताए।

जिल्ला उप-सभापति शान्ता भण्डारी, महासमिति सदस्य देवराज श्रेष्ठ, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, प्रेस युनियनका केन्द्रीय पार्षद प्रेमनारायण आचार्य, ३ वडाका पार्टी सभापति भेषबहादुर सोमै, वडा अध्यक्ष लिलाराम गौतम, भुपु संघका केन्द्रिय सदस्य रामबहादुर परियार,सन्धिखर्क नगरकार्य पालिका सदस्य श्रृजना विक, नेविसंघका सुरज रायमाझी लगाएतले उक्त कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।

नेपाल तरूण दल सन्धिखर्क नगरपालिकाका अध्यक्ष जम्शेर मियाँको अध्यक्षता, शोभित शाहिको सञ्चालन र नगर सदस्य अनिशा शाहि ठकुरीको स्वागतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।