एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत

प्रकाशित मिति:

काठमाडौं – बढुवामा असन्तुष्टी जनाउँदै राजीनामा दिएका एसपी नरेन्द्र उप्रेतीको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयले एसपी उप्रेतीको राजीनामा स्वीकृत गरेको हो । उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले राजीनामा गृह मन्त्रालयमा पठाएको थियो ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले गत शनिबार १४ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस सूची प्रकाशित गरेको थियो । आफूभन्दा कनिष्ठलाई सिफारिस गरेको भन्दै उनले राजीनामा दिएका थिए ।