जिल्ला स्तरीय वतृत्वकलाको उपाधी अन्नपुर्णले जित्यो

प्रकाशित मिति:

झविन्द्र देवकोटा । रुपन्देहीको देवदहमा भएको जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिताको उपाधी अन्नपुर्ण बोर्डिङ्ग स्कुलकी आयुस्था अर्यालले जितेकी छन् । रुपन्देहीका विभिन्न स्थानबाट सहभागि भएका १८ संस्थागत तथा सामुदायिक विद्यालयलाई उछिन्दै अन्नपुर्ण बोर्डिङ्ग स्कुलकी छात्रा आयुस्थाले उपाधी हात पारेका हुन् । उनले विजयी हुदै शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेका छन् । सगरमाथा आवासिय माविको रजत जयन्तीको अवसर पारेर अयोजना गरिएको प्रतियोगितामा न्यू होराईनज स्कुलकी स्मारिका न्यौपाने द्वितिय तथा देवदह मदरटङ्स माविकी लक्ष्मी थापाले तृतीय स्थान हासिल गरेकी हुन् । विजयी विद्यार्थीलाई विहीबारनै पुरस्कार वितरण गरिएको थियो ।

‘समृद्ध संघिय राष्ट्र निर्माणको आधार, सर्वसुलभ शिक्षा, स्वास्थ्य र स्वदेशमै
रोजगार’ भन्ने शिर्षकमा भएको प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले समृद्ध राष्ट्र निर्माणमा विद्यार्थीको भुमिका नै महत्वपुर्ण हुने बताए । उनले शिक्षा, स्वास्थ्य तथा रोजगार निर्माणका लागि स्थानीय सरकारको चासो बढी रहेकाले नगरलाई समृद्ध बनाउनका लागि योजना निर्माणका कार्यहरु भई रहेको उल्लेख गरे । विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष विष्णु पौडेल, नेशनल प्याब्सन जिल्ला अध्यक्ष देउप्रकाश राई, अन्नपुर्ण बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गणेश डुम्रे, स्कलर्स होम बोर्डिङ्गका प्रिन्सिपल बाबुराम बन्जाडे लगायतले विजयी विद्यार्थीहरुलाई शुभकामना दिनु भएको थियो । शिक्षक प्रदीप अधिकारी र आविश्कार पराजुलीको संचालनमा भएको कार्यक्रममा प्राध्यापक हिरण्यराज ज्ञवाली र हुमप्रसाद पाण्डेले निर्णायकको भुमिका निभाएका थिए । यस अघि भएको सगरमाथा वक्तृत्वकला रनिङ्गशिल प्रतियोगिताको उपाधी पनि अन्नपुर्णले नै जितेको थियो ।