नेपाली कांग्रेस पाल्पाद्धारा जिल्लाभर संगठन सुदृढीकरण अभियान

प्रकाशित मिति:

पाल्पा नेपाली कांग्रेस पाल्पाद्धारा संगठन बिस्तार सुदृढीकरण तथा पुराना नेताहरुलाई सम्मान कार्यक्रमलाई जिल्लाभर अभियानको रुपमा अगाडी बढाएको छ । काग्रेसले जिल्लाभर पार्टी संघठन सुध्रिढिकरण, संघठन विस्तार, प्रशिक्षण, आम भेला, पुराना नेता तथा कार्यकर्ताहरु लाई सम्मान गर्नुका साथै युवा जागरुक अभियान संचालन गरेको हो । नेपाली काग्रेस पाल्पाले गाउँ, गाउँ, घर घरमा काग्रेस, टोल टोलमा काग्रेसको कार्यालय, चोक चोकमा काग्रेसका गतिविधी जस्ता अभियान लिएर पाल्पाका १० गाउँपालिकाको ८१ वटै वडामा गतिविधी लाई सक्रिय बनाएको छ । वडा वडाको टोल टोल बाट विगतको निर्वाचनको समिक्षा गर्दै ,आगामी दिनमा अपनाउने रणनिती तय गर्दै टोल टोल बाट जिम्मेवारी प्रदान गर्दै राजनितिक गतिविधी लाई सक्रिय बनाउने अभियानमा नेपाली क्रागेस पाल्पा जुटेको हो । यसैगरी नेपाली काग्रेस रिव्दिकोट गाउँपालिका वडा नंं २ देउरालीले विहिवार एक प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै, विगतको ३ वटै निर्वाचनको समिक्षा गर्दै ८० जना व्यक्तिहरु लाई सम्मान गरेको छ ।

राणा, पञ्चायत कालमा नेपाली काग्रेसको राजनिति गरेका हाल सम्म पनि पार्टी प्रति बफादार रहेका कार्यकर्ता, बृद्ध बृद्धा तथा पार्टीको विभिन्न नेतृत्वमा रही जिम्मेवारी निर्वाह गरेका व्यक्तिहरु लाई पार्टी जिल्ला सभापति एवं प्रदेश ५ का सांसद विर बहादुर राना, पार्टी सचिव अजयमान कर्माचार्य, महासमिती सदस्य एव रिव्दिकोट गाउँपालिकाका कार्यक्रम संयोजक हिमाल दत्त श्रेष्ठ, नेपाली काग्रेस रिव्दिकोट गाउँपालिकाका वडा नंं २ का कार्यवाहक अध्यक्ष राम प्रसाद पाण्डे लगायतले सम्मान गरेका थिए । कार्यक्रममा पार्टी सभापति एवं प्रदेश सासद विर बहादुर रानाले कम्युनिष्टहरुको काम जनता ढाट्ने, छल्ने, मिठा मिठा सपना देखाउने तर काम केही नगर्ने चरित्र भएको बताए । दुई तिहाईको कम्युनिष्ट सरकार भएपनि जनचाहना, जनअपेक्षा अनुसार काम नभएको, अरवौ रुपैयामा भष्ट्राचार बढेको, केन्द्र देखी प्रदेश सम्म कमिशनतन्त्र बढेको बताए । गाउँ गाउँ टोल टोलमा काग्रेस लाई बलियो बनाए मात्र नेपालमा पज्रातन्त्र वलियो हुने, जनताका अधिकार सुरक्षित हुने, जनता शान्ती संग बस्न पाउने, गाउँ गाउँमा रोजगारी सिर्जना गरी आत्र्मनिर्भर नेपाल निर्माण गर्न सकिने सभापति रानाले बताए । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्य, पार्टी सल्लाहकार भानुभक्त पाण्डे, पार्टीका पुर्व सचिव माधव नेपाल, नेता रामबहादुर कार्की, रिव्दिकोट गाउँ कमिटीका अध्यक्ष रामचन्द्र पाण्डे, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, पार्टी क्षेत्र नंं १ का सचिव किशोर पंगेनी, देउराली पुर्व अध्यक्ष अम्वर बहादुर सारु, नेपाल महिला संघ रिव्दीकोटकी सचिव शान्ता पाण्डे लगायतले नेपाली काग्रेस लाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रम माथी प्रकाश पार्दै रिव्दिकोट गाउँपालिकाका कार्यक्रम संयोजक हिमालदत्त श्रेष्ठले नेताहरुले भाषण गर्दैमा पार्टीमा सुधार नआउने बताए । पार्टी कार्यकर्ताको क्षमताको आधारमा केन्द्र देखी गाउँ टोल सम्म नयाँ जिम्मेवारी प्रदान गर्ने, जिम्मेवारी अनुसारको काम कर्तव्य पालना भएको नभएको अनुगमन गर्ने, पार्टी नेता तथा कार्यकर्ताहरु लाई उत्तरदायी र जिम्मेवारी बनाउने, गाउँ टोल सम्म पार्टीका सबै भातृ संघठन विस्तार गरी पदिय जिम्मेवारी प्रदान गर्नुपर्ने, केन्द्र देखी वडा तह सम्म उम्मेदवार बनेका व्यक्तिहरु लाई छायाँ सरकारको रुपमा जिम्मेवारी प्रदान गरी कम्युनिष्ट सरकारले गरेका गल्तीहरुको भण्डारफोर गर्नुपर्ने, हरेक तह र तप्कामा पार्टीका पुराना नेताहरु लाई सम्मान गर्नुपर्ने, आगामी निर्वाचनको लागी अहिले देखी तल्लो तह देखी नै जिम्मेवारी प्रदान गर्दै तयार थाल्नु पर्नेमा संयोजक श्रेष्ठले जोड दिए । कार्यक्रम नेका गाउँपालिका वडा नंं २ का सभापति राम प्रसाद पाण्डेको अध्यक्षता र सचिव दिपक पाण्डेको संचालनमा भएको थियो ।